काठमाडाैं । नेपाली सेनालले देशको विभिन्न भागमा यो हप्ता गएकाे बाढी, पहिरो लगायतका घटनाहरुमा स्थानीय युनिटहरुबाट खटिएका टोलीहरुले उद्धार कार्यहरु गरिरहेकाे जनाएकाे छ ।
२०७७/०६/०४ गते धादिङ्ग काठमाण्डौं तर्फ आउँदै गरेको तेलको ट्याङकर गल्छी गाउँपालिका ६ सुत्केरी डाँडामा त्रिशुली नदिमा खसेर दुर्घटना भएकोमा देवीदत्त गणले उद्दार कार्य गरेको ।
सुनसरी धरान उपमहानगरपालिका वडा नं.२० विष्णुपादुका आपटारमा गएको पहिरोबाट विस्थापित परिवारलाई विकास निर्माण कार्यदल गण १ तथा सैनिक आवासिय महाविद्यालयबाट खट्टिएको टोलीले अस्थायी बासस्थानको व्यवस्था गरेको ।
२०७७/०६/०६ गते सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.-७, गुमथाङ्ग ईलाकामा भाद्र २८ गते गएको पहिरोमा परि करिब २२ वटा घरहरुमा पूर्णरुपमा क्षति भएको र ३१ जना हराएकोमा खोज तथा उद्धार कार्यको लागी खट्टिएको टोलीले हालसम्म १६ जनाको शव फेला परेको र हराईरहेका बाँकी १५ जनाको खोजतलास जारी राखेको ।
०७७/०६/०७ गते कपिलवस्तु नारायणदल गणबाट खटिएको टोलीले विद्युत प्राधिकरण तौलिहवाको विद्युत लाईन मर्मतको लागि गएको जिपमा सवार ६ जना मध्ये ३ जनालाई उद्दार गरेको छ । सो क्रममा १ जनाको शव फेला परेको र २ जना बेपत्ता भएकोमा खोजी कार्य जारी रहेको ।
बागलुङ्ग काठेखोला गाउँपालिका २ पालामा पहिरो जादा कच्चि गोठमा पुरिएका स्थानियको शव अर्जुनवाण गणबाट उद्धारमा खटिएको टोलीले आफन्तलाई बुझाएको ।
कवानपुर आश्विन ७ गते इन्द्रसरोवर गा.पा.-२, स्थित देउराली-कुलेखानी सडक खण्डको बतासेमा गएको पहिरोमा परी स्कोरपियो र मोटरसाईकल पुरिएकोमा नं.१ राजदल गण र कालीप्रसाद गणको टोलीले स्कोरपियो चालक मृत अवस्थामा फेला पारेको र मोटरसाईकलमा सवार २ जना घाईतेको उद्धार गरेको ।
०७७/०६/०८ गते स्याङ्जावालिङ न.पा.१४ तमादिमा गएको पहिरोमा पुरिएका ९ जनाको शव निकालिएको र घाईते १ जनाको उद्धार गरेको ।
कालीगण्डकी -४ गौतम टोलमा पहिरोमा पुरिएका १ जनाको शव दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले फेला पारेको ।
पाल्पा रम्भा गा.पा २ वेलौझामा पहिरोमा घर पुरिएका ८ जना मध्ये ३ जनालाई सकुशल उद्धार गरेको र ५ जना बेपत्ता भएकोमा खोजतलास जारी रहेको जनाएकाे छ ।
साथै यस वर्ष प्राकृतिक प्रकोपको दौरान नेपाली सेनाबाट भएका प्रयासहरु निम्नानुसार रहेको व्यहोरा समेत जानकारी गराएकाे छ । साथै उद्धारकाे विवरण बारे जानकारी दिएकाे छ । जिवित उद्धार ३९९, सुरक्षित स्थानमा स्थानान्तरण ४३४, शव व्यवस्थापन २३४, सुरक्षित स्थानमा स्थानान्तरणमा सहयोग ५८६, अवरुद्ध सडक सुचारु २३, पुल मर्मत तथा तटबन्ध निर्माण २६, आगलागी नियन्त्रण २, डुवान पिडितलाई सहयोग ७००, विविध सहयोग ५४ गरेकाे जनाएकाे छ ।