नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको प्रशंसा

काठमाडा‌ै‍ं । गत साउन २० गतेका दिन मित्रराष्ट्र लेवनानको राजधानी Beirut शहरमा रहेको Beirut Port  ईलाकामा भएको भयंकर बिष्फोटको घटनाका कारण छरपस्ट रुपमा रहेका Debris हटाई नयाँ निर्माणको थालनीको लागि सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृती पश्चात United Nations interim Force in Lebanon (UNIFIL) मा खटिएको फौजको Medical Support को रुपमा उप सेनानी रक्षा भण्डारीको स्वास्थ्यकर्मीहरुको टोली Debris सफाई कार्यमा संलग्न फौजलाई कोभिड-१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको, सफाई कार्यको दौरान घाईते भएका ८ जना कामदारहरुको राम्रो उपचार गरेको भनि UNIFIL Force Commander Major General Stefano Del Col नेपाली स्वास्थ्यकर्मीहरुको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।

नेपाली सेना स्वदेश वा बिदेशमा जहाँ रहदा पनि आपत विपदको समयमा सदैव सहयोगी रहि आएको   छ ।

Facebook Comments