काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले उनीहरुलाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको बताउनु भयो ।
सहायक रथी रावल भर्खर मात्र अमेरिकाबाट वार कलेज सकेर फर्किएका थिए । उनी वार कलेजका लागि मनोनयनमा परेका थिए । ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशनको अवज्ञा गरेको, अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको’ सहायक रथी पाण्डेको भनाइ छ ।
Facebook Comments