नेपाली सेनाका जवानद्धारा आत्महत्या

काठमाडाैं । नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन् । भाद्र १४ गतेको बिहान ०२‍.४५ बजे नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सो घटना सम्वन्धि निज जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकिएको छ । नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि  त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको नेपाली सेनाले जनाएकाे छ ।

Facebook Comments