सीमा सुरक्षा र व्यवस्थापनसंग सम्बद्ध निकायहरु बीच समन्वय, सहयोग र सहकार्यमा कमि रहेको सबै पक्षबाट महसुस भएको ।एउटै उद्देश्य र लक्ष्य भएका अन्तरनिकायहरु बीच समन्वय र सहयोगको वातावरण नहुंदा लक्ष्य प्राप्तीमा कठिनाई हुने भएको हुंदा सम्बद्ध निकायहरु बीच Collaborative and Integrated Approach को भावना अनुरुप कार्य गर्ने गरी नीतिगत रुपमै अधिकार सम्पन्न छुट्टै संयुक्त संयन्त्रको निर्माण गर्न नेपाल सरकारलाई राय सुझाव पेश गर्न उपयुक्त हुने ।
सीमा सम्बन्धी ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणहरु छरिएर रहेको अवस्था भएकोले यसको संकलन र संरक्षण गर्न निश्चित निकायलाई जिम्मेवार बनाउन पर्ने । सीमा क्षेत्रका बासिन्दाहरुको आधारभूत आवश्यकता परिपूर्तिमा विशेष जोड दिनु पर्ने साथै, त्यस क्षेत्रमा पूर्वाधार विकास र सरकारको उपस्थितिलाई बढाउँदै राष्ट्रियताको भावनालाई सुदृढीकरण गर्नु पर्ने । सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध सबै निकायहरुकोबीच‘एकीकृत सूचना प्रणाली‘को विकास गर्नु पर्ने।
सीमा नाकामा आवागमनलाई व्यवस्थित गर्न तथा सीमाक्षेत्रको निरन्तर अनुगमन गर्न आधुनिक प्रविधिहरुको (Biometric र Surveillance Technology)प्रयोग गर्नु पर्ने । BOP को स्थापना गर्दा निश्चित मापदण्ड बनाई स्थापना र विस्तार गर्नेनेपाली सेनाले गरेकाे दुई दिने गाेष्टीकाे निष्कर्ष हाे ।