नेपालका लागि अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

अमेरिकाद्वारा कोरोना महामारीको रोकथामका लागि नेपाली सेनालाई स्वाथ्य सामग्री पाप्त भएको छ । २०७७ आषाढ १० गतेका दिन अमेरिकी महामहिम राजदुत रेन्डी बेरीले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि “राष्ट्रिय अभियान योजना २०७७“ को सफल कार्यान्वयनमा सहयोग पुर्याउने हेतुले ४,५०,०००।– (चार लाख पचास हजार) अमेरिकी डलर मुल्य बराबरको स्वास्थ्य सामग्री नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको हो । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाको यो सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको छ ।

Facebook Comments