नेकपा कार्यदलद्वारा अध्यक्षद्वय समक्ष प्रतिवेदन हस्तान्तरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली समक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ । ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिवार साँझ बालुवाटारमा अध्यक्षद्वयलाई हस्तान्तरण गरेको हो ।

अध्यक्षद्वयले समयमै मेहनतका साथ प्रतिवेदन तयार गर्नुभएकोमा कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त प्रतिवेदन दुबै अध्यक्षले अध्ययन पश्चात सचिवालयको बैठकमा पेस गर्ने र आवश्यक परिमार्जन सहित स्थायी समितिको बैठकबाट पारित गरिनेछ ।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा पार्टीका नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

Facebook Comments