काठमाडौं । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड पौने एक बजे बालुवाटार पुगेको र अहिलेसम्म पनि दुई नेताबीचको वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकका विषयमा छलफल भएको बताइएको छ ।
Facebook Comments