निवर्तमान कार्यकारी निर्देशकलाई अख्तियारले किन पत्र लेख्यो

चालकलाई भोलिदेखि नआउने जानकारी

काठमाडौं । सामान्यतया अख्तियारमा उजुरी परेपछि सोधपुछका लागि फोन गरेर डाकिन्छ । एकदुई पटकमा नआएपछि मात्र पत्र काटिन्छ । पत्र काटदा पनि नआएपछि फरार सूचीमा राखेर सार्वजनिक सूचना जारी गरिन्छ । त्यस पछि मात्र समाउने काम हुन्छ । प्रकृया यही हो ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियारले फोन गरेर सोधपुछका लागि बोलाउँदा आफु नगइ ८ तहका कर्मचारीलाई पठाउनु भयो । त्यसरी अटेर गरेपछि गएको साता अख्तियारले पत्र लेखेर बयानका लागि बोलाएको समाचार शुत्रको दाबी छ ।
नुवाकोटस्थित १ वर्ष भित्र सकाउनु पर्ने २५ मेगावाटको सोलार ग्रिड पावर सम्बन्धमा लामो समय देखि अख्तियार बयान लिने प्रयासमा छ । त्यसमा ७० करोडको भ्रष्टाचार भएको आशंका छ । यता अन्य २/४ वटा मुद्दाका फाइल अख्तियारमा रहेको जनाइएको छ । कुलमानले यति साह्रो जिद्दी पनि यसैकारण गरेको हो कि पावरमा रहदा अख्तियार नरम हुन्छ भन्ने नै उहाँको बुझाइ थियो भन्ने नजिकका जानकारको भनाइ छ ।
भाद्र महिनाको अन्तिम दुई साता एमडी सापको समय तनावपूर्ण भएको प्राधिकरण शुत्रले जनाएको छ । कार्यालयमा उपस्थित भएपनि अस्थिर रहने र आउ जाउ गरिरहने बताउँदै शुत्रले बिहान बेलुका कता जानुहुन्थ्यो त्यो त थाहा भएन तर दिउँसो चाहिँ प्रायः मन्त्रालय गइरहनु हुन्थ्यो भनि जानकारी दिएको छ ।
आइतबार पनि मन्त्रालयमा लामो समय बिताउनु भयो । अन्त्यमा मन्त्रालयले अब तपाइँको समय सकियो नयाँ कार्यकारी नियुक्ति प्रकृयाबाट हुन्छ । यस विषयमा धेरै गन्गन नगर्नु भनि जवाफ दिएपछि प्राधिकरण फर्किएको स्रोतले बताएको छ । त्यसपछि प्राधिकरणका सबै डिएमडी र केहि डाइरेक्टरलाई डाकेर बैठक बस्नु भयो ।
बैठकमा एमडीले तपाइँहरु सबैको सहयोगले काम गरे सबैलाई धन्यवाद, फेरि पनि आउन सक्छु सहयोग गर्नुहोला भनेको सहभागी शुत्रले जलस्रोतलाई बताएको छ । अबेर तिर सधैं झैं कार्यालयको गाडीमा घर पुगेपछि अब म भोलिदेखि आउन्न भनि चालकसँग भनेको कुरा अर्को एक शुत्रले जानकारी दिएको छ । समग्र रुपमा कुलमान घिसिङको ४ वर्षे कार्यकालको अन्तिम दिन यसरी  नै गुजारेको कुरा भन्न सकिन्छ ।

Facebook Comments