काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको कुरा मिडियामा आएपछि हामीले पनि सुन्यौ । अध्यक्षज्यूकाे यस बारेमा ध्यानाकर्षण भइ आयोगमा समीक्षा भएकाे हो । आयोगले उहाँलाई सो कार्यक्रममा पठाएको होइन । उहाँले सो कार्यक्रममा दिनुभएको उक्त भनाइ व्यक्तिगत हो, आयाेगकाे हाेइन । जुन कुरा उहाँले स्वीकार गरि सक्नु भएको छ । यो विषय सदस्य एवं प्रवक्ता रामप्रसाद धितालको प्रसंगमा विद्युत नियमन आयोगका सचिव नुतन शर्माले बताउनु भएको हो ।
केही समय अघि एक कार्यक्रममा विवादस्पद व्यापारीहरुसँग धितालले ‘ट्रक र डेडिकेटेड फिडरको विषयमा प्राधिकरण र उद्योगीबीच महशुल विवादको निकास छिट्टै निस्कने र उद्योगीलाई मार नपर्ने गरी उचित समाधान गर्ने प्रयास हुनेछ’ भन्ने अभिब्यक्ति दिनु भएको थियो । सो विषयमा आयोगले आफ्नो आधिकारीक प्रतिक्रिया दिएको थियो ।
यसबारे जलस्रोत डटकमसँग मैले त्यस्तो अभिब्यक्ति नदिएको र टेप सुन्न धितालले भन्नु भएकोमा आयोगले टेप सुनेपछि उहाँले छलेको पत्ता लागेको कुरा सचिवको भनाइबाट प्रस्ट भएको हो । पुन प्रतिक्रिया लिएर एसएमएसमार्फत कुरा प्रस्ट पार्न आग्रह गर्दा धितालले एसएमएसमार्फत नै यस बारेमा अध्यक्षज्यू वा सचिवज्यूसंग सोध्नुहोला आफूले सबै कुरा आयोगमा राखेको जवाफ दिनु भएको थियो । यसै सन्दर्भमा आयोगको भनाइ जान्न खोज्दा प्रवक्ता ‘धिताल आफू खुशी त्यहाँ जानुभएको र उक्त विवादास्पद कुरा व्यापारीको पक्षमा बोलेको सहि साँचो देखियो । मैले नबोलेको कुरा मिडियाले लेखेको भनि बताउनु भएको कुरासमेत झुटो प्रमाणित भएको छ ।’ यस विषयमा आयोग बेलैमा सचेत हुनुलाई सकारात्मक रुपमा ग्रहण गर्न लाज मान्नु पर्ने छैन ।
Facebook Comments