नियमन आयोगका अध्यक्षद्वारा पत्रकारलाई धम्की

काठमाडौं । पैसा र पदले मनिसलाई अन्धो बनाउँछ भन्थे, यसका साथै कसैकसैको बुद्धिमा यसले बिर्को पनि लाउदो रहेछ । एउटा पद पाएपछि साथमा दुईचार जना चम्चे अनि दाम भने स्वास्नी बिहे गरेर ल्याउँदा पाएको दाइजो सरह खर्च, यस्ता नयाँ जोगीहरु पदमा रहुुन्जेल देशले कुनै परिवर्तनको महशुस गर्ने छैन, धेरै मानिसको बुझाइ यस्तै छ । यस्ता कुरा कतिले देखे भोगे । कतिले पचाए त्यो सबै आफ्नै ठाउँमा छ ।
२०७७ सालको साउन १८ गते जलस्रोत डटकममा एउटा समाचार लेखकको नाम सहित प्रकाशित भयो । त्यस समाचारलाई लिएर विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले १९ गते दिउसो ३ बजेर ५ मिनेट जाँदा फोन गर्नु भयो । उहाँले फोनमा फटाफट तपाइँलाई ‘थाहा छ छैन, एउटा फटाहा पत्रकारले/तपाइँको रिपोटरले के के लेखेछ । त्यस्ता मिटिङ त कतिमा जान्छौ जान्छौ, तपाइँ हेर्नुहोला त्यो रिपोटरलाई अब देखि त्यस्तो नलेख्नु भन्नु । नभाको कुराले इमेज जान्छ तपाईंको । एनइएको बारेमा तपाइँले राम्रो लेख्नु भएको छ । अब देखि त्यस्तो नलेख्नु । खण्डन गर्नु भन्नु भयो । यताबाट हुन्छ म हेर्छु भन्ने वित्तिकै ल ल खण्डन गर्नु ।’ (आदेशात्मक र धम्कीपूर्ण स्वरमा ।)
जिम्मेवार पदमा पदाशिन व्यक्तिको यस्तो भाषाशैली कदम सुहाउदो कदापी होइन । समाचार लेख्ने मान्छेलाई नै फोन गरेर फोनमा फटाहा पत्रकारले लेखेछ, भन्दै संझाउनुले–कानुन मिचेर खोलाको वालुवा ढुंगा बेच्ने संस्थालाई जस्तो निकृष्ठ शैलीमा बोल्ने उच्चपदस्थ व्यक्तित्व नियमन आयोगका अध्यक्ष नहुनु पर्ने हो भन्ने शंका लागेर तुरुन्त सहयोगीलाई आयोगमा बुझ्न पठाउदा त्यहाँ आयोगका सबै पदाधिकारी एउटै कोठामा बसेर नै उहाँले फोन गरेको जान्न सुन्नमा आएको छ ।
सनातन संस्कृतिमा बुढापाकालाई ठूलो आदर सद्भाव गरिन्छ । उहाँहरुको बाणी नै शास्त्र हो । त्यो शास्त्रले के सिकाउछ भने, जो फटाहा हुन्छ उसले अरुलाई पनि आफु जस्तै नै देख्छ । र भन्ने गर्छ फटाहा अर्कै भएपछि आफु सज्जन र त्यसपछि जति फटाइ गरेपनि फटाहा त अर्को त हो नि होइन र ? आफु सदावहार सज्जन । मेरो जो कोहीलाई अनुरोध छ कि अर्कोलाई एउटा औलाले देखाउदा बाँकी सबै औलाले आफुलाई देखाइरहेको हुन्छ । यो कुरा भुल्नु हुँदैन । समाचार लेख्ने मान्छेलाई नै फोन गरेर उहाँले ‘फटाहा र खण्डन गर्नु’ भन्ने जुन शैली अपनाउनु भयो, त्यस्तो शैलीप्रति हाम्रो खेद छ । जहाँसम्म समाचारप्रति उहाँको आपत्ति छ । उहाँकै आयोगका सदस्यले सार्वजनिक रुपमा आयोगको आचार संहिता विपरित धारणा राख्दा एउटा विज्ञप्तीसमेत निकाल्न नसक्ने आयोगकै शुद्धताप्रति अबका दिनमा सकारात्मक धारणा बनाउनका लागि आयोगले थप मेहनत गर्नु पर्ने छ ।
दामोदर सुवेदी

Facebook Comments