खानिभञ्याङ्ग यौटा टोलको नाम हो । टोलमा थिए पच्चिस तिस घर।
एकदिन कुनै काम बिशेषले खार्पाका शिक्षासेवी हरिप्रसाद खानिभञ्ज्याङ्ग पुग्छन् । त्यहाँका बुज्रुक र पंडितहरु सँग सर सल्लाहा हुन्छ । खानिभञ्याङ्गमा आधारभुत विद्यालय खोल्ने र त्यहाँका बाल बच्चालाई आफुले पढाईदिने हरिप्रसादले प्रस्ताव राख्छन्। प्रस्ताव सहर्ष स्वीकार हुन्छ सबैले आफ्नो आफ्नो सहयोग गर्छन् । गंगाप्रसादले आफ्नो घडेरी बिद्यालयलाई दिन्छन् । केहि समय पश्चात खानिभञ्ज्याङ्गकै शिक्षासेवी देवीप्रसादलाई औपचारीक संस्थापक शिक्षकको जिम्मेवारीसहित क्रमश विद्यालयलाई सरकारी सहयोग प्राप्त हुदै जान्छ । विद्यालय प्रावि. निमावि. मावि हुदै उमाविमा स्तरोन्नति भए सँगै बिद्यालय चार गाउँको पायक पर्ने स्थानमा सारिएको छ। र आज भोली पुरै चार गाउँ खानिभञ्ज्याङ्ग नामले प्रख्यात छ।
जुन यौटा सानाे टोल थियो खानिभञ्ज्याङ्ग । त्यस टोलका वासिन्दा , हरिप्रसाद, देवीप्रसादका र गंगाप्रसादका सन्ततिको याे सब देखेर आज गर्वले छाती फुलेको छ । आखिर वीज अनुसारकाे त फल हुने हाे ।
ओखलढुङ्गा