नयाँ फिडर जोड्न विद्युत कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको हुँदा बागडोल क्षेत्र, सनराइज टावर, सानेपा बरिपरिको चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो ।

Facebook Comments