नयाँ आइजिपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । थापा मंगलबार नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
आइजिपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा अब भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

Facebook Comments