झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्न स्थाइ लेखा न ३०४३१८४७०_काप्रोप्राईटर कमल बहादुर राउत समेत २ जनाबाट रु.4,16,46,165।-(अक्षेरुपी चार करोड सोह्र लाख छयालिस हजार एक सय पैसठ्ठी मात्र) विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 2077।0८।१६ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।
राउत ट्रेड कन्सर्न -स्थाइलेखा न (३०४३१८४७०)ले निम्न आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरि वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाइ अर्कै मालवस्तुको झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र विक्री गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरगरेको देखिएको । प्रतिवादीहरुउदयपुर जिल्ला त्रियुगा नगरपालिका वस्नेप्रोप्राईटर कमल बहादुर राउत र उक्त फर्मको बैक खाता संचालक गोपाल प्रसाद भट्टराइले झुट्टा तथा नक्कली मु.अ.कर विजक जारी गर्न कै लागि फर्म स्थापना गरी तथा कुनै बस्तु तथा सेवा स्थानीय खरिद तथा आयात निर्यात नगरी मूल्य अभिबृद्धि कर बिजक छपाई, झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई विक्री बिजक जारी गरी उक्त फर्महरुबाट कर बिजक बमोजिमको विक्री रकम भुक्तानी लिई सो बिजक मार्फत् असुल गरेको मूल्य अभिबृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरुलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छलि गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरीमु.अ.कर तर्फ रु.2,05,48,475।- रआयकर तर्फ रु.2,10,97,690।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 4,16,46,165।-(अक्षरेपी चार करोड सोह्रलाख छयालिस हजार एक सय पैसठ्ठी रुपैया मात्र)राजस्व चुहावट गरेकोकसुर स्थापित हुन आएकोले उक्त फर्मका प्रोप्राईटर कमल बहादुर राउत तथा उक्त फर्मको बैक खाता संचालक गोपाल प्रसाद भट्टराइलाईउल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)र(३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिमविगो रकम रु. 4,16,46,165।-(अक्षेरुपी चार करोड सोह्र लाख छयालिस हजार एक सय पैसठ्ठी मात्र)असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207७।0८।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्नेदोलाखा जिल्ला तामाकोशी गाउपालिकास्थितपि.आर.के. ट्रेड ईन्टरनेशनल (स्थायी लेखा नं 605428272) का प्रोप्राईटरलहुमन (लछुमन) माझीबाट5,56,08,738।-(अक्षेरुपी पाँच करोड छपन्न लाख आठ हजार सात सय अड्तीस मात्र) विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-08-16 गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको।
पि. आर. के ट्रेड ईन्टरनेशनल (स्थायी लेखा नं 605428272)ले कुनै बस्तु तथा सेवा स्थानीय खरिद तथा आयात नगरी मूल्य अभिबृद्धि कर बिजक छिपाई, झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई विक्री बिजक जारी गरी उक्त फर्महरुबाट कर बिजक बमोजिमको विक्री रकम भुक्तानी लिई सो बिजक मार्फत् असुल गरेको मूल्य अभिबृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी तथा विभिन्न फर्महरुलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छलि गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरगरेको देखिएकोले प्रतिवादीहरु प्रोप्राईटर लहुमन (लछुमन) माझी तथा मुख्य कारोबारी काठमाडौं महानगरपालिका वडा नं. 34 बस्ने रञ्जन कुमार सिंह र मलगंवा न.पा १२ बस्ने लक्ष्मण रायले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी साहारा एण्ड खातुन ट्रेडर्सलेमु.अ.कर तर्फ रु.1,91,52,555।- रआयकर तर्फ रु.3,64,56,183।-राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिमकूलजम्मा विगो रु.5,56,08,738।- (अक्षेरुपी पाँच करोड छपन्न लाख आठ हजार सात सय अड्तीस मात्र)राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्तपि. आर. के ट्रेड ईन्टरनेशनलका प्रोप्राईटर लहुमन (लछुमन) माझी समेत ३ जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)र(३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिमविगो रकम रु. 5,56,08,738।– असुल उपर गरी जरिवाना रकैद सजाय हुन माग दावी लिई मिति 207७।0८।16 गतेउच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्नेबारा जिल्ला परवानीपुरस्थितमिनजा इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नं ६०४३४२३३५) का संचालक रामवावु साहानीबाट2,19,12,393।- (अक्षेरुपी दुई करोड उन्नाईस लाख बाह्र हजार तीन सय त्रियानब्बे मात्र)विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-08–16 गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको।
मिनजा इन्टरनेशनल प्रा.लि.(स्थायी लेखा नं ६०४३४२३३५)लेकुनै बस्तु तथा सेवा स्थानीय खरिद तथा आयात नै नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई विक्री बिजक जारी गरी उक्त फर्महरुबाट कर बिजक बमोजिमको विक्री रकम भुक्तानी लिई सो बिजक मार्फत् असुल गरेको मूल्य अभिबृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी तथा विभिन्न फर्महरुलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि करको राजस्व चुहावटको कसूरगरेको देखिएकोले प्रतिवादीहरु फर्मका संचालक रामवावु साहानी तथा उक्त फर्मको बैक खाता संचालक सर्लाही घर भएका सरोज कुमार मिश्रले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी साहारा एण्ड खातुन ट्रेडर्सलेमु.अ.कर तर्फ रु.2,19,12,393।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम विगो रु.2,19,12,393।-(अक्षेरुपी दुई करोड उन्नाईस लाख बाह्र हजार तीन सय त्रियानब्बे मात्र)राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्तमिनजा इन्टरनेशनल प्रा.लि.कासंचालकरामवावु साहानी तथा बैक खाता संचालक सरोज कुमार मिश्रलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)र(३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिमविगो रकम रु. 2,19,12,393।– असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207७।0८।16 गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्नेपर्सा वेलवागा.बि.स. ३स्थितक्रेटाइन्टरप्राइजेज(स्थायीलेखानं. ६०४१९९४६७) का प्रोप्राईटर नबिकरिमअन्सारी समेत ३ जनाबाट ८,२४,६०,76५. विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७।08।16 गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको।