दलित मुक्ती आन्दोलनलाई सफल बनाउन आर्थिक सशक्तिकरणमा जोड : मन्त्री गुरुङ

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ ।
मन्त्री गुरुङले दूर्गम क्षेत्रका अशिक्षित, गरिव दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने पनि स्पष्टपार्नु भयो । ‘आज दलित, जनजाति, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन,’ मन्त्री गुरुङले भन्नु भयो, ‘उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन ।’ दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले दलितहरुलाई कमजोर देखाएर राजनीति नगर्न पनि सचेत गराउनु भयो ।
मन्त्री गुरुङले मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समूदायका अगुवाहरुलाई आह्वान गर्नुभयो । ‘राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण किन भएन ? समाजमा विभेदहरुको अन्त्य भएन, सामाजिक कूरीति र अन्धविश्वासको किन अन्त्य नहुनुको कारणहरुको खोजी गरेर मात्रै दलित मुक्ति आन्दोलनलाई सफलबनाउन सकिने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यामबाट ओझेलमा परेका दलितहरुको मुक्तिका लागि सरकार लागि परेको पनि बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलित समूदायको सशक्तिकरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

Facebook Comments