तीज

रमाउँदै छन् अब पर्व आए
सबै बुहारी पनि हाँस्न पाए
सबै खुसीसाथ लु हाँस्न पाऊन्
दिदी र बैनी तिजमा रमाऊन्।।१।।
फुपू दिदी अन्य सखी सहेली
बसी फलाकून् गफका तरेली
उचालिऊन् पर्व सधैँ मनाऊन्
दिदी र बैनी तिजमा रमाऊन्।।२।।
विभिन्न साडी रङमा सजिन्छन्
असाध्य उत्साह त्यहाँ थपिन्छन्
छ नृत्य शोभा मनमा सजाऊन्
दिदी र बैनी तिजमा रमाऊन्।।३।।
ब्रती बनी माइतमा रमाई
गरून् गथासो रसिलो बनाई
गरेर पूजा शिव-पार्वतीको
रमाउँने पर्व न हो सबैको।।४।।
बिदा लिई माइतबाट फेरि
खुसी हुँदै माइत तर्फ हेरी
पुगेर सासू ससुरा रिझाऊन्
उदात्त हुन् त्यो घर स्तौत्य मानून्।।५।।
(इन्द्रवज्रा छन्द)
Facebook Comments