ढुङ्गा प्रहार गरी छिमेकीको हत्या

काभ्रे ।रोशी गाउँपालिका-११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिसुङ्खेले सोही ठाउँ बस्ने ५५ वर्षीय खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका बिसुङ्खेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते खड्ग बहादुरलाई उपचारको लागि हेम्स अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments