काठमाडौं । प्राधिकरणद्वारा निर्माण गरिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना गम्भीर दुर्घटना हुनबाट जोगिएको छ । दुईवटा पावर हाउस मध्यको एउटामा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक टोली पठाएर १५ दिनमा मर्मत गरी असार २४ बाट पुन संचालनमा आएको छ ।
काली गण्डकीबाट पशुपतिराज गौतमको एक टोली चमेलिया गए र १५ दिनमा पावर हाउसको मर्मत गरेपछि उत्पादन थालिएको हो । गौतमका अनुसार –‘दुईवटा पावर हाउस मध्ये एउटामा अचानक पावर व्याक भइ पावर हाउसमा ओभर भाइब्रेसन उत्पन्न हुँदा बोल्ट, बेरिङ र एङकरिङ बोर्डसमेतमा क्षति पुगेको रहेछ । पावर हाउसबाट निस्कने विद्युत ट्रान्समिसन लाइनमा पुग्छ । ट्रान्समिसन लाइनमा खराबी भएमा पावर व्याक हुन्छ । यसलाई पावर हाउस ईलेक्ट्रोमेकानिकल समस्या उत्पन्न भएको भनिन्छ । पावर हाउसले विद्युत उत्पादन गरिरहेने तर ट्रान्समिसन लाइनले सप्लाई नलिने अवस्था आएको रहेछ । यसले डबल प्रेसर उत्पन्न भयो । यस्तो अवस्थामा मेसिन अटो अफ हुनु पर्ने तर बढी नै प्रेसर उत्पन्न भएपछि खतरापूर्ण स्थिति आएको रहेछ । त्यहाँ तत्काल स्टाफले थाहा पाएपछि पावर उत्पादन गर्ने स्वीच अफ गरेका कारण ठूलो दुर्घटना र क्षतिहुन पाएन । यो स्थिति नगन्य एकधमा यदाकदा देखिने समस्या हो । ट्र्वाइनको डिएरिङमासमेत क्षति पुगेको थियो । यस्तो अत्यन्त नाजुक अवस्था हो ।’
चमेलिया आयोजनामै लगत्तै सिभिल इन्जिनियरिङमा समस्या भएर आँधिखोला जविआकाको कोअर्डिनेटर राजबहादुर विष्ट फिल्ड गएर सर्पोट गरी फर्कनु भएको थियो । पावर हाउसको ठेक्का चिनियाँ ठेकेदारले पाएको हो भने कागजमा त्यहाँ प्रयोग भएका सामान कोरियन भएको बताइएको छ । रिपेयरिङ गर्ने दायित्व सकिसकेको हुँदा क्षतिको भरपूर्तालको जिम्मेवारी आयोजनाको नै हो ।
यस विषयमा प्राविधिकसँग राय सुझाव माग्दा यो अवस्था अत्यन्त संवेदनशील र खतरनाक अवस्था हो । यसमा उच्च सर्तकता र नियमित चेक जाँच गर्नु पर्ने हुन्छ । त्यहाँ स्टाफले तत्काल थाहा पाएको हुनाले ठूलो दुर्घटना हुनबाट बचेको हो । केहिक्षण ढिला भएको भए पावर हाउस पड्किन सक्थ्यो । कल्पना गर्नुहोस् कि पावर हाउस कुन हदसम्म क्षति हुन जान्थ्यो । हामीकहाँ सयौंको संख्यामा हाइड्रो पावरहरु छन् । सबैलाई सचेत रहनका लागि यो अति महत्वपूर्ण सुचना हुन सक्थ्यो । मर्मत संहारपछि यस बारेको टेक्निकल सुचना प्राधिकरणले सार्वजनिक गर्नु आवश्यक थियो । यस्ता गम्भीर प्राविधिक गडबढीको सुचना महत्वपूर्ण हुने र सबैलाई काम लाग्ने हुनाले लुकाउनु हुँदैन भन्ने राय प्राविधिक पक्षको रहेको छ ।
Facebook Comments