म त्याे पनि ख्याल गर्छु
जाे एक पाेयाले
कहिलेकही घमण्ड गर्दा
उ बाँचेको हुनेछ
सुली चढ्नबाट
र खसाल्न सक्छ वादशाहकाे अधिनायकत्व
जहाँ हाम्रा साना साना उमेरहरुले स्वागत गरिरहेकाे हुन्छ
पीडाकाे त्याे कुवामा फुल्ने उमङ्ग उघाउन
तिमी तिम्राे स्वार्थी बाग्डाेर प्रति
जतिसुकै लम्पट भएपनि
तिम्रा प्रशंसकहरुकाे भिडमा
जस्तै झुठो सत्य उभ्याए पनि
मेराे सानाे पानी फाेका जस्तो अबिस्वास्नियता
शिखरहरु डुबाउने गहिराइ माथि फूल्छ
त्याे फुट्दा ढल्नेछन्
तिम्रा अति बफादारी दमन
र मानव सागर बिच पाैडिदै पाैडिदै विश्व भूमि सिञ्चित गर्छ
उधारो प्यास मेटेर
जुनदिन म भने चरा थिचिएकाे ठिम्लाेभित्र
आपतकालिन तिम्रो श्वास दाैडिरहेकाे हेरिरहनेछु ।
(ठिम्लाे -वाम्बुले भाषामा ढुंगाकाे धराप /एक प्रकारकाे पासाे ।)
Facebook Comments