बिभिन्न बाहाना बनाई नगद पैसा लिई पैसा नभएको खाली चेक दिई ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-९ भोजपुरे टोल वस्ने सोही ठाउँस्थित भोजपुरे ज्वेलर्सका संचालक ३५ वर्षीय माधब रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
खाली चेक दिई ठग्दै हिँडेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-३ सखुवागाछिमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
Facebook Comments