ठगि गर्ने युवतिहरु पक्राउ

काठमाडाैं । बिभिन्न ब्यक्तिहरुलाई Facebook, TikTokमार्फत युवाहरुलाई Follow गर्ने र आफू अमेरीकाको D.V परी अमेरीकाको क्यार्लिफोनियामा बस्दै आएको, बिहे गरे पश्चात अमेरीका लैजाने भनी बिभिन्न बहाना बनाई माया जालको प्रपञ्चमा पारी ठगी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा प्राबिधिक बिश्लेषणको माध्यामबाट अनुसन्धान गर्दा उक्त कार्य गर्ने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. २ घर भई हाल जि. भक्तपुर सुर्यबिनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने बर्ष २७ कि कोपिला शर्मा र ऐ.ऐ. स्थान बस्ने बर्ष १९ की अमिसा के.सीले ६,६०,०००।– (छ लाख साठी हजार ) ठगी गरेको खुल्न आई निजहरु ठगी गरे पश्चात रुपन्देही जिल्लाको बुटवल एरियामा लुकिछिपी बसेको खुल्न आएकोले कोपिला शर्मा र अमिसा के.सी. मिति २०७७।०४।०९ गते बुटवल बाट पक्राउ गरि निहरुलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत ठिमिमा पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
सामाजिक संजालTIkTok, Facebook मा पिडितलाई Follow गरीरहने र friend Request पठाउने र म तपाईको फ्यान हो भनी Accept गर्न बाध्य बनाई कोपिला शर्माले आफू अमेरीकाको D.V परेको हाल लकडाउनले नेपालमा बसोबास गर्दै आएको र नेपालमा Departmental Store संचालन गर्ने, सो संचालन गर्ने पैसाको आवश्यक परेको र पिडितलाई पार्टनर बनाउने भनी पटक-पटक गरी रु. ५,००,००० (पाँच लाख) ठगि गरेको ।
कोपिला शर्माले आफ्नो बुवाको समेत Fake ID Create गरी ढुकुटीको पैसा तिर्ने बहाना बनाई ठगि गर्ने गरेको ।
आफू अमेरीकाको D.V. Holder हो भनी बिश्वास दिलाई भक्तपुरको एक जना पिडितको छोरी संग मितेरी लगाई अमेरीका लैजान्छु भन्ने बिश्वास दिलाई रु. १,६०,०००।– (एक लाख साठि हजार) ठगी गरेको ।
फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत Fake Facebook “Nicky Poudel” नामको ID बाट कुराकानी गरी आफु संग बिहे गरेमा अमेरीका लैजाने भनी ठगी गर्ने खोजेको ।

Facebook Comments