झल्किएका हिमाल

अग्ला-अग्ला निर्झरी टाकुराले
शोभा दिन्छन् फूलका आँकुराले
नागी डाँडा खोँच पाखा विशाल
संसारैमा झल्किएका हिमाल ।। १।।

नाच्छन् डाँफे साथ तित्रो रमाई
तोते बोली झ्याउरे गीतगाई
बुझ्छन् राती कोइली हाल-चाल
चाँदी जस्तै झल्किएका हिमाल ।।२।।

छाँगा छङ् छङ् झर्दछन् शैलबाट
कैले-काहीँ भित्र लाग्ने विराग
हाम्रा राम्रा छन् सफा-शुद्ध ताल
सेतै-सेता झल्किएका हिमाल ।।३।।

चीँ चीँ गर्छन् भोर सन्ध्या जुरेली
टिप्छन् कैले दिव्य मीठा गुहेली
झ्याँपी-सारौँ चिर्विरायो नियाल
भन्छन् हाम्रा झल्किएका हिमाल।।४।।

बेँसी पाखा रोप्न थाले किसान
बाढी-पैरो भो खडेरी निशान
माटो बोरा सौम्यताका कमाल
हेर्छन् मात्रै झल्किएका हिमाल ।।५।।
सप्तरी
छन्दः-शालिनी

Facebook Comments