ज्यान मुद्दाका फरार पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा अजिरकोट गाउँपालिका-४ का गोर्खे भन्ने २२ वर्षीय सुरज नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ १० गते बिहान काठमाडौं टोखा नगरपालिका -२ खेगल पाखास्थित तिलवक खोलामा करिब २६ वर्षीय पुरुषलाई मारी फरार भएका उनलाई प्रहरीले अजिरकोट गाउँपालिकाको हिमालयन मा.बि. सिम्जुङमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments