बाँड्यो खायो देशमात्रै धुल्यायो
कुर्सी खोज्दै बासमा नित्य धायो
मूसो मार्ने छैन हाम्रो बिरालो
कुर्सी जात्रा देशमा बड्न थाल्यो ।।१।।
नेता हाम्रा भावनाका विचारी
सारा छाडा देशका कर्मचारी
सोझा मान्छे माथमा जाल फाल्यो
भाले जात्रा देशमा बड्न थाल्यो ।।२।।
चिप्लो बाटो शुद्ध माटो थुपारी
पासो फुक्का हुन्न पैसा नझारी
ठेक्का-पट्टा हुन्छ बेरेर जालो
पैसे जात्रा देशमा बड्न थाल्यो ।।३।।
नेतै-नेता मेचको हुन्छ पालो
आयो पालो देहमा पस्छ कालो
वैरी लाई रामले बाण फाल्यो
अर्को जात्रा देशमा बड्न थाल्यो ।।४।।
कालापानी लिम्पियामा समायो
नक्सा आयो माथ नै रन्थनायो
भुक्दै हिड्ने बासले बाण फाल्यो
नौलो जात्रा देशमा बड्न थाल्यो ।।५।।
कैले भ्राताबाट नै ढाट लायो
कैले हाम्रो खेत बारी डुवायो
कैले आफ्ना श्वानलाई उचाल्योय
जात्रै-जात्रा देशमा बड्न थाल्यो ।।६।।
छन्दः-शालिनी
Facebook Comments