काठमाडौँ । असोज १९ सोमबारको साँझ ७ बजे जलस्रोतले फोन गरेर उहाँलाई सोध्यो– सर हजुर रिटायर्ड हुन लाग्नु भएको हो ? जवाफ हो को आयो । कहिले सर भन्ने प्रश्नमा भाेलि २० गते । एकाउन्टेन पनि सरुवा हुन भएको हो ? भन्दा हो को जवाफ आयो । तपाईंले संझौता गराउनु भएको ठेकेदारलाई एडमान्स ५ प्रतिशत रकम दिन लाग्नु भएको हो ? उताबाट हजुर के रे ? फेरि उहि प्रश्न राखियो । उताबाट जवाफ आयो मैले फोन बुझिन् पछि कुरा गरौला भन्दै फोन काटियो । यो संवाद जलस्रोत डट कम र पीआइडी डाइरेक्टर ईन्जिनियर भोजबिक्रम थापाबीचको हो । जो २० गतेबाट रिटायर्ड हुँदै हुनुहुन्छ ।
खानेपानी मन्त्री विना मगरको ठाडो निर्देशन र निगरानीमा एक साता देखि दिन दुई गुणा, रात चौगुणा काम गर्दै गराउदै जाँदा २० गते बल्ल ६५ करोड निकासा हुन सम्भब भएको हो भनि पीआइडी सुत्रले किटानी गरेको छ । प्रोजेक्ट डाइरेक्टर थापा र एकाउन्टेन्ट रविन कोइराला असाध्य इन्टेलिजेन्ट हो भन्ने कुरा यो काम गराइबाट दखियो भनि पीआइडीका कर्मचारी बताउँछन् । शनिबार पनि काम गर्न छाडिएन् ।
यसरी रातारात किन काम गराइयो भन्ने कुरा प्रष्ट छ । एक साताभित्र आयोजना कार्यान्वयन निर्देशनालयले साना ठूला सबै गरेर १३ अर्बको ठेक्का लगायो । त्यसवापतको ५ प्रतिशत दिँदा ६५ करोड हुन्छ । थप ५ प्रतिशत भने काम सुरु भएपछि दिने चलन छ । यो ६५ करोड मन्त्री मगर, मन्त्रालयका पदाधिकारी, डाइरेक्टर थापा र एकाउन्टेन्ट कोइरालालगायतले भागशान्ति पाउने रकम हो । त्यसैले हतारो मात्र होइन सबै शक्ति लगाएर काम गरिदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनमा खुले आम भ्रष्टाचार हुँदा केही गर्न नसकेको कुरा त प्रष्ट नै छ । तरपनि प्रम ओली भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै भाषण गरिरहँदा उहाँकै क्याविनेटका मन्त्रीले खुलेआम लाज पचाएर भ्रष्टाचार गरेको किन रोक्न सक्नु भएन यो पक्ष भने चकित पार्ने खालको छ । अर्का अध्यक्ष प्रचण्डकाे बुहारीलाई चाहिँ यो छुट हुने हो त ? प्रम ओलीले भ्रष्टाचार नरोक्ने हो भने जनताप्रति कुठाराघात गरेको पाप लाग्छ । आम मानिसको भनाइ यस्तै छ ।
एकाउन्टेन्ट कोइराला २२ दिन अगावै सरुवा भएर पनि रमाना नलिइ बसेकाछन् भने अर्को एकाउन्टेन्ट आइसकेको अवस्थामा थापाकै पालामा सबै टाक्कटुक्क मिलाएर सकाउन लागि परेको यो काण्ड एउटा चर्चित विषय बनेको छ । ठेकेदारहरुलाई ५ प्रतिशत दिन १९ गते बैंकका सबै कागजात मिलाइ सक्न भनिएको छ । किरण वैधको एक्जिम नेपाललाई ६ अर्ब, रमन कन्ट्रक्सन १ अर्ब ७० करोड, सिएबी कन्ट्रक्सन १ अर्ब ३० करोड, कुमार गौतम एण्ड कम्पनीलाई १ अर्ब, तुदीँ कन्ट्रक्सन, कन्काइ कन्ट्रक्सनलाई तथा छुट्टै स्काडा अटोमेशनलाई ९५ करोड गरी एक सातामा १३ अर्ब बराबरको ठेक्का संझौता भएको छ । सो वापतको ५ प्रतिशतले हुने ६५ करोड रकम आजै निकासा हुनेछ । त्यसका लागि जागिरे जीवनको अन्तिम दिन मोटो रकम जोहो गर्ने ईन्जिनियरमा थापाको नाम अवश्य लेखिने छ । वास्तविकता चाहिँ के हो भने यस्ता खाले हर्कत थाहा पाएर पनि टुलुटुलु हेरेर बस्ने प्रमलाई देशले अवश्य सराप्ने छ ।
Facebook Comments