जलस्रोत द्वैमासिक र यस अन्तर्गतको jalasrot.com अझ नेपालको जलस्रोतको दिगो, उचित र अधिकतम उपयोगे होस् भन्ने आत्मादेखि चाहना राख्ने नीति निर्माण तहमा रहनु भएका / सेवा निवृत्त हुनु भएका, सरकारी / निजी क्षेत्रबाट यस क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनु भएका, सरोकार राख्ने सम्पूर्ण तथा पत्रकार अनि जलस्रोतको उपयोग गर्नु हुने सम्पूर्ण देशवासीमा हामी सबैको साझा माध्यम हो भनी निःशर्त आह्वान गर्दछु /छौं ।
जलस्रोत सभ्यता र दिगो विकासको निर्विकल्प माध्यम हो । यसको दोहन ब्यापार मात्र होइन । जलस्रोतका सम्बन्धमा दुईथरी समाचारहरु, आउँछन् । एउटा विक्षप्त समर्थनमा जो अनुग्रहित आधारका हुन्छन् । अर्को विरोधमा जो स–सानो स्वार्थको अलापसँग सम्बन्धित कुण्ठा कोरिएको हुन्छ । यो दुवै अनुत्पादक हो । अन्य गाईडेट र ब्यापारको लाभ हानीसँग जोडिएको हुन्छ । जलस्रोतको उपयोग, उपभोग र विकासमा कुनै पनि प्रकारको लोभ, स्वार्थ र राजनीति जोडिनु हुन्न भन्ने हाम्रो मान्यता हो । जलस्रोतको बारेमा विज्ञ, प्रशासन, राजनीति कुनै पनि क्षेत्रले सही सूचना लुकाउनु हुँदैन जसले गर्दा साधारणभन्दा साधारण जनताले यसको महत्व र ज्ञान प्राप्त गर्न सकून् । यसो भएमा विकास निर्माणको योजना लिएर सरकारी वा निजी क्षेत्र जाँदा त्यहाँको समाजबाट सकारात्मक सद्भाव र सहयोग प्राप्त हुनेछ ।
पानीबाट बिजुली निकाल्न थालेको १०९ वर्ष नाघिसकेछ । सिंचाईका लागि सरकारले नै काम थालेको ६० वर्ष पुगेको छ । खानेपानीका लागि काम गरेको सरकारी वर्षहरुपनि ५० वर्ष भइसक्यो । सरकारको उच्च निकायहरु राष्ट्रिय योजना आयोग, जल तथा शक्ति आयोग र अन्य निकायले योजनावद्ध काम गरेको वर्षहरु कति भए ? पंच वर्षीय योजनाको हिसाबले योजना आयोगले कति वर्ष बितायो र कुन चैं पञ्चवर्षीय योजना पूरा गर्यो त ? १५औं पञ्चवर्षीय योजना सकेको छ । तर पनि सरकारी आक्डामा बिजुली, सिंचाई र खानेपानीमा ठूलो फड्को मारेको छ । आज पनि आम जनताले भने पानी, सिंचाई र बिजुली नपाएको वास्तविकताले सरकारी आँडकलाई कुरीकुरी गरिरहेको छ । सरी सरकार– छ त त्यस्तै ।
जलस्रोतको योजना खानेपानी, सिंचाई वा बिजुलीको जे भए पनि तालुकात मन्त्रालय बाहेक अनय विभिन्न मन्त्रालयहरु जस्तै कानून, वन, कृषि, रक्षासँग जेलिएको हुन्छ । जलस्रोतको विकास गर्न र देशको उन्नति गर्न एउटा छुट्टै अखडा बनाउने हो कि ताकि एउटै घरबाट सबै कामको सम्पादन होस् । यी सबै काम गर्न सक्ने एउटा यस्तो स्वायत्त संस्था खडा गर्ने जसलाई कुनै पनि मन्त्री वा राजनीतिले छुन हल्लाउन नसकोस्। अबका दिनमा यो बहसको विषय बन्ने छ । नीतिगत भ्रष्टाचार अन्त्य गर्न नीति नियममा नै परिवर्तन/सुधार हुनुपर्दछ । झन्झटिलो कानूनी प्रक्रियालाई सरल बनाउनु पर्छ ।
जलस्रोतको क्षेत्रमा देखिने शक्तिकेन्द्रहरुको चलखेल, नीतिगत भ्रष्टाचार, शक्तिको दुरुपयोग, मुलुकले निर्धारण गर्नु पर्ने लक्ष्य, जलस्रोतको दोहनका क्षेत्रमा भएका, भइरहेका र हुने कामहरुका बारेमा खोजि नीति गरी यथार्थ कुरा जनसमक्ष ल्याउनका निम्ति राज्यका सबै अंग, गैरसरकारी संस्था र स्वतन्त्र नागरिकसँग निकटरहि तथ्यगत सामाग्री प्रकाशित गर्नु यसको मूल लक्ष्य रहने छ । यसमा हामी सबैसँग सहयोगको अपेक्षा राख्दै विवेक र साधनस्रोतले भ्याएसम्म यथार्थको गहिराईमा पुगेर समाचार समेतका सामाग्री प्रकाशित गर्ने काम गर्ने छौं । तथ्यगत समाचार सामाग्री प्रकाशित गर्दा कसैको चित्त दुखाई रहन्छ भने पहिल्यै क्षमा प्रार्थी छौं । सामूहिक हितलाई प्राथमिकता दिन चुक्ने छैनौं । जलस्रोतको क्षेत्रमा पत्रकारिताको माध्यमद्वारा अझ सशक्त रुपमा अगाडि बढ्न प्रेरणा दिनु हुने जान अनजान सबैप्रति आभार व्यक्त गर्दछौं । वबबिकचयत।अझ कुनै एक व्यक्तिको मार्ग नभएर सबै सबैको हो, हामी सबै मिली जलस्रोतको समूचित दोहनमा हातेमालो गरौं । सबैको जय होस् ।
Facebook Comments