जलवायु परिवर्तनले लाखौँ विस्थापीत-संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त ९युएनएचसीआर० ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ ।

ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९कोप–३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम सम्बन्धी प्रकोपहरूले लगभग २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ ।

दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम र चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीन चौथाई मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको जनाइएको छ ।

प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू, र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रुपमा धेरै समस्या सामना गर्नु पर्ने जटिलता बडाइ दिएको जनाएको छ ।

युएनएचसीआरका अनुसार जलवायु परिवर्तनको नतिजालाई अनुकूल बनाउनका लागि उपलब्ध कोषको एक चौथाई मात्र द्वन्द्वबाट खतरामा परेका देशहरूमा पुग्छ, जहाँ प्रायः ठूलो सङ्ख्यामा शरणार्थीहरू बसोबास गर्छन् ।

कोप– तथा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनलाई प्रायः गरिब देशहरूले बढ्दो कठोर जलवायु अवस्थालाई अनुकूल बनाउन धनी राष्ट्रहरूबाट थप कोष व्यवस्थापनका लागि स्थापित मञ्चको रूपमा लिइएन्छ ।

स्थिरता चाहनेहरुले जोखिममा रहेका मानिसहरुको थप विस्थापन रोक्नुका साथै जलवायु वित्तपोषण किनारमा बसोबास गर्ने समुदायहरूमा पुग्न आवश्यक रहेको “संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका आयुक्त फिलिपो ग्रान्डीले बताउनु भयो । उहाँले जलवायु सम्मेलनमा सहभागीहरूलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्न आग्रह गर्दै कोपले प्रतिज्ञा मात्र नगरी वास्तविक कार्य गर्नुपर्ने जनाउनु भएको छ ।

ब्राजिलको अमेजन वर्षावनमा रहेको बेलेम सहरमा हुने दुई हप्ताको वार्ताका लागि १९० भन्दा बढी देशका करिब ५० हजार सहभागीहरू भेला भइरहेका छन् । उनीहरूले जलवायु सङ्कट र यसका विनाशकारी प्रभावहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने बारे छलफल गर्नेछन् ।-जेनेभा(रासस/क्यूएनए)

Facebook Comments