जनताले हराए, अध्यक्षले सफथ गराए

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले दुई स्थानबाट जनताको अभिमत पाउन नसकेका वामदेव गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा दुई वर्षका लागि सिफारिस गरेको छ । सिफरिस भए लगतै  राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सपथ गराउनु भएको हाे।
सपथ समारोहमा बोल्दैै गौतमले अव आफ्नो ध्यान राष्ट्रिय सभामा केन्द्रीत हुने बताउनु भयो । यस्तै यहाँले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा गिराउने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । सो कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति विद्यादेवि भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिनु भएको हो । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गर्नु भएकोे थियो ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । गौतमा नेकपाका उपाध्यक्षसमेत हुनुहुन्छ ।
समय समयमा सरकारको विरोध गर्दै आउनु भएका गौतमको अबको काम कस्तो हुन्छ, त्यो भने भोलिका दिनमा जग जाहेर हुने नै छ । अहिलेका लागि भने आफूलाई जनताले लोप्पा खुवाए पनि सरकारले पुरस्कृत गरेकोमा मख्ख देखिनु भएको छ ।

Facebook Comments