चाैरजहारी घटनाका मृतक र घाइते उपचार खर्च पाउने

काठमाडाैं । सरकारले जिल्लारुकुम (पश्चिम) चौरजहारीन.पा.८ मा मिति २०७७/२/१०गतेको घटनाका मृतकका परिवारलाई प्रतिपरिवार रु.१०दशलाखका दरले आर्थिक सहायता उपलब्ध गराउन  र घाइतेहरुको उपचार गर्दा लागेको बीलबमोजिमको उपचार खर्च उपलब्ध गराउने भएकाे छ  ।

रकम पाउनेहरुमा १.नवराजवि.क. भेरीन.पा.-४, जाजरकोट मुनलाल नेपाली २.गणेश बुढा मगर भेरीन.पा.-४, जाजरकोट पदम बहादुर बुढामगर ३.लोकेन्द्र सुनार भेरीन.पा.-११,जाजरकोट लछे  सुनार ४.संजीव वि.क. भेरीन.पा.-४, जाजरकोट बलराम विश्वकर्मा ५.गोविन्द शाही भेरीन.पा.-११, जाजरकोट इन्द्र बहादुर शाही र ६.टिकाराम सुनार भन्ने टिकाराम नेपाली चौरजहारीन.पा.-१, रुकुम (पश्चिम) चोबे नेपाली  रहेका छन् । सरकारले मृतकका परिवारलाई याे रकम दिने घाेषणा गरेकाे हाे ।

त्यसै गरी घाइतेकाे परिवारलाई  पनि रकम उपलब्ध गराउने निर्णय गरेकाे छ ।

१.लालबहादुर खड्का भेरीन.पा.-४, जाजरकोट झुपबहादुर खड्का २.बिभाग पुन भेरीन.पा.-३, जाजरकोट सेते पुन ३.कैलास भन्ने मदन शाही भेरीन.पा.-४, जाजरकोट लालबहादुर शाही ४.सरोज भडेल भेरीन.पा.-४, जाजरकोट केशव भडेल ५.भोला बि.सी. (बिटालु) भेरीन.पा.-१३, जाजरकोट जितबहादुर बिटालु ६.युनिक भन्ने इन्द्रजंग शाह भेरीन.पा.-४, जाजरकोट ललित जंग शाह ७.जीवन भन्ने आशिस वि.क. भेरीन.पा.-४, जाजरकोट बमबहादुर वि.क.८.सुदिप खड्का भेरीन.पा.-४, जाजरकोट हेमबहादुर खड्का ९.गोविन्द सुनार भेरीन.पा.-११, जाजरकोट भीमबहादुर सुनार १०.महेश कार्की भेरीन.पा.-३, जाजरकोट गणेश कार्की ११.डिल्ली वि.क. कुमाख गा.पा.-४, सल्यान डम्वर वि.क. र १२.सुनिल सुनार राप्ती सोनारी गा.पा.-4, बाँके हरिलाल सुनार रहेका छन् ।

 

Facebook Comments