चार हाइड्रोपावर कम्पनी सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक उत्सवको अवसरमा उत्पादन मिति भन्दा अगावै विद्युत उत्पादन गर्ने नीजि क्षेत्रका चार कम्पनीलाई कदर पत्र प्रदान गरिएको छ । विद्युत खरिद संझौता (पिपिए) मा तोकिएको मिति अगावै विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणमा विद्युत जोड्न सफल भएका कारण नीजि उत्पादक कम्पनीलाई सम्मान गरिएको हो ।
यसरी सम्मानीत हुनेमा दुर्गम जिल्ला दार्चुलाको नौगाढ खोलाबाट ८ मेगावाटको जल विद्युत उत्पादन गर्ने अपि हाइड्रो पावर कम्पनी, दैलेखको पदम खोला आयोजनाबाट ४.८ मेगावाट विद्युत उत्पादन गर्ने डोल्टी पावर कम्पनी, इलामको माइखोलाबाट ३.८ मेगावाट विद्युत उत्पादन गर्ने सुपर माइ क्यासकेट तथा सगरमाथा जलविद्युत कम्पनीले उत्पादन गरेको ९.६ मेगावाटको सुपर माइले कदर पत्र पाप्त गरेका हुन ।
यी चार वटै आयोजनाले पिपिएमा उल्लेखित समय भन्दा एक वर्ष अगावै विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्न सफल भएका हुन । यो सम्मान केवल चार हाइड्रो पावर कम्पनीका लागि मात्र नभइ निजी उत्पादकहरुको लागि गर्वको दृष्टिकोणले हेर्न उर्जा उत्पादनको क्षेत्रका सबैलाई थप उर्जा प्राप्त हुनेछ ।

Facebook Comments