बुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी हबल्दार शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवटले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवटलाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित असाेज ३० गते सियारी गा.पा. वडा नं. ७ स्थित खनाल मिठाई पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभएकाे छ ।
Facebook Comments