वरिपरि ठमेलहरुले घेरेकाे
महङ्गो शहर मुटु रत्नपार्क छ
मलाई सेर्न मन ला छ
घेर्न आउने प्रदेश शहरहरुकाे
रहर फुटाएर
हजारौं शेष नागकाे स्वाद खाेसेर
एक काैडि छाड्न नमान्ने
महङ्गो भाउ चाट्ने साउजी
उसकै हाे हक
त्याे पनि बाँडाै भनेर
दावी निल्न सिफारिस गरिन्छ भने
म उस्लाई अदालतमा उभ्याएर
उल्टो हिडेकाे आराेपमा जेल काेच्ने छु
यतिकै निम्ति लाेकतन्त्र
यतिकै निम्ति गणतन्त्र
जबकी भाेक राेग वा गरीवी
त बुटि बनाएर बेच्नु छ
आईएनजिआेकाे डलरमा
र राष्ट्रपति
प्रधानमन्त्री
मुख्य सचिव
प्रधानन्यायाधीश
प्रधानसेनापति
अड्डाका हाकिमहरुकाे
हानिकारक पजेराे कसरी चल्छ ?
त्याे जाबाे पजेरो नचलेपछि देश कसरी चल्छ ?
याद हाेला आफ्नै विगत
हात्तीछाप चप्पल नै नबनेको बखत
नाङ्गै पैतालाहरुले पनि बाङ्गा सिधा देशहरु चलेकै थियाे
स्वच्छ दिलले विकासको दियाे सुरक्षित बनेकै थियाे ।
Facebook Comments