चट्याङ लागेर मृत्यु

लमजुङ बेशिसहर नगरपालिका-६ पुमागाउँ बस्ने ४२ वर्षीय सन्ते बिकको चट्याङ् लागेर सोमबार राति मृत्यु भएको छ । जेठा बुबाको घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका उनको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments