घुस रकम सहित रंगेहात पक्राउ

काठमाडाैं । पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्याललाई श्रोत नखुलेको रकम रु.५,३०,०००/- (पाँच लाख तीस हजार) र निज सवार रहेको ३३-१-०९६१ नं. को गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Facebook Comments