घुस रकम सहित नियन्त्रणमा

जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिगएको टोलीले निज प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय चढेको सरकारी गाडी बा.२ झ.४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा निजको साथबाट नगद रू.१,२४,७५०/- र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू.१३,२४,०४६/- को रसिदहरू गरि कुलजम्मा रू.१४,४८,७९६/- (चौध लाख अडचालिस हजार सात सय छयान्नब्बे) बराबरको रकम सहित नागढुङाबाट मिति २०७७।०४।१६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Facebook Comments