बनेपा संवाददाता
काठमाडौं । श्रीमाता चण्डेश्वरी र जयमाता चण्डेश्वरी नामका दुईवटा हार्डवेयर डिलर काभ्रेको बनेपाबाट पनौती जाने बाटोमा सयौ रोपनी क्षेत्रमा फैलिएको छ । ३ अर्ब लगानीमा संचालन भएको हार्डवेयर डिलरको मालिक अनिल घिसिङ हुनुहुन्छ ।
उक्त हार्डवेयरबाट सोलु कोरिडोर र चिलिमे हवमा सामान लैजान बाध्य गराइने गरिएकाे बुझिएको छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे, र सिन्धुली जिल्लाको आधा भूभागमा निर्माण गरिने हाइड्रोपावर, सव स्टेशनलगायतका कामका लागि सोही हार्डवेयरबाट सामान लैजानुपर्ने बाध्यात्कम अवस्था रहेको यस क्षेत्रका भुक्तमानहरुले बताएका छन् ।
चर्चित जगदम्बा स्टील र सिमेन्टबाट उक्त हार्डवेयरमा सामान जाने र त्यहीबाट अन्यत्र सप्लाई हुने गरेको छ । केही महिना अगाडि कम तौलको छड र सिमेन्ट फेला परेपछि कानुनी लफडामा परेको हार्डवेयरमा अहिले ताल्चा लागेको छ । यो हार्डवेयर बन्द भएको ४ महिना बितिसकेको छ । जगदम्बा त्यही उद्योग हो जसले विवादित डेडिकेटेडको महशुल बक्यौता रकम अर्ब बराबर नेविप्रालाई बुझाउन बाँकी छ । रामेछापका अनिल घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका भाइ हुनुहुन्छ । यी जोडी हार्डवेयर बनेपामा करिब ३ वर्ष अगाडि स्थापना गरिएका हुन । मोटो कारोबार गर्ने यी हार्डवेयरका विल विजक, खातापाता, हिसाब किताब र कारोबारमा कैफियत भेटिएपछि अहिले सम्पूर्ण खातापाता खिचेर ठूला करदाता कार्यालयले सुक्ष्म रुपमा छानविन गरिरहेको छ । कुनै पनि कर छलि वा राजश्व हिनामिना सम्बन्धको छानविन बारे टुङ्गो नलागेसम्म आचार संहिता अनुसार सम्बन्धित कार्यालयले त्यस विषयमा बताउन नमिल्ने जानकारी दिएको छ ।
Facebook Comments