गैंडाको आक्रमणबाट मृत्यु   

काठमाडाैं । जनवारकाे आक्रमणबाट बेलाबेला मानवीय क्षति हुने गरेकाे छ । यस्तै घटना नवलपरासी(पूर्व)  देवचुली नगरपालिका-१७ कुलेनी बस्ने ६५ वर्षीय जंगिलाल मुखियाको गैंडाको आक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै खेतमा तोरी छर्न जाने क्रममा बाटोमा अचानक गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

 

Facebook Comments