गायक तथा सर्जक मोहन खड्काको मनपरेको भेना सार्वजनिक

लोक गायक तथा सर्जक मोहन खड्काको मनपरेको भेना सार्वजनिक भएको छ । यस गीतमा साली र भेनाको मायाको विषयलाई चित्रण गरिएको छ ।

नेत्र अ¥यालको शब्द र ऋषि खड्काको लयमा रहेको उक्त गीतमा चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी, बाल गायिका कमला घिमिरे र मोहन खड्काको स्वर रहेको छ । यस गीतको एरेन्ज योगेश काजीले गरेका हुन । मनपरेको भेनाको अभिनयमा सुनिल क्षेत्री, अञ्जली अधिकारी र करिष्मा ढकाललाई देख्न सकिन्छ ।

मोहन खड्काको यो भन्दा पहिले रुने भयो काम बोलको गीत पनि दर्शक, श्रोताले धेरै मन पराएका थिए ।

Facebook Comments