जवानी त्यो तापको रापले सतायो हाे
छाती भित्र सजिएको छापले सतायो हाे
कति छन कति भन्ने तिमी स्वयमलाई
निःस्वार्थी ती प्रेमीको पापले सतायो हाे
ढुलमुल ढुलमुल किन हो जिन्दगीमा
चर्चा छ चारैतिर चापले सतायो हाे
ठीक छैन दिक्क छ हलचलले जवानीको
निर्दोषी ती मनहरुको श्रापले सतायो हाे
Facebook Comments