गजल

कसरी पत्याउ उसले मलाई संझिदै गयो,
गएको केही दिनमा मलाई बिर्सिदै गयो ।

 

मैले मन हेरेँथेँ उसले अनुहार हेरेको रहेछ,
गाला चाउरिदै गए उसको मन भरिदै गयो ।

 

आँखा फुटेको भए पनि हुन्थ्यो बरु मेरो,
आँखै अगाडि आफ्नै खुसी लुटिदै गयो ।

 

यो मनलाई मन हैन पत्थर बनाउनु छ,
सायद मासुको भएर होला दुखिदै गयो ।

 

न फोन आयो न केही खबर नै आयो,
यही कारण मेरो मन पनि तड्पिदै गयो ।

 

Facebook Comments