गजल

पहिला पहिला भन्ने गर्थ्याै माया गर्दै काली,
सानु तिम्राे अझैसम्म सिउँदाे रैछ खाली ।।
कहिले गाजल बन्छु भन्थ्याै कहिले भन्थ्याै पागल,
मेरै बाटाे कुरीरहन्थ्याै, हत्ते हाली हाली ।।
सहमती पाएँ भने मन र मुटु दिन्छु भन्थ्याै,
नत्र भने खानु छैन तिम्रो बाउकाे गाली ।।
मैले माया अन्तै लाएँ, तिम्ले छ कि छैन,
नियतीले यस्तै पार्याे नभन है जाली।।
घर भिन्नै बाटो भिन्नै ,सबैकुरा भिन्नै भयाे,
याे जुनीलाई यस्तै भयाे अब अर्काे पाली ।।

Facebook Comments