दिल बसेको थियो दिल छुनिसँग
चलेथ्यो चक्कर खूब तरूनीसँग
वचपन देखिकै मेरी प्रेमीका थिइनँ
टुटि गयो प्रेम आज त्यो बाहुनीसँग
मागेर पाइन देवी देवतासँग उनीलाई
खै ! के आस राखौं अब ऋषिमुनिसँग
प्रेमको ढाकर बोकाए नि आखिर
नहुँदो रहेछ लौ घरबार बैगुनीसँग
एक्लोपनको आभाष हटाउनलाई
बढाउँदैछु म हिमचीम साधुनीसँग
Facebook Comments