गजल

नयाँ रोगको त्रासले सास छैन
बिरामी परेमा कतै बास छैन ।।

कमाए र खाने भयो काम बन्द
छ यो देह खोक्रो कतै गास छैन ।।

न माटो छ खाने न बाटो छ जाने
सधैँ बन्द गाडी कतै पास छैन ।।

थियो गोठ गाई छ भैँसी र गोरु
डढेको बनेली कतै घास छैन ।।

निराशा बढेको छ यो देश भित्र
कतै रोग धेरै कतै खास छैन ।।

छ आँखा सबैको सधैँ भोट हेर्ने
र चिन्ता हरायो कतै आस छैन ।।

सदाको झरीले बगेको छ गाउँ
मरेको छ मान्छे कतै लास छैन ।।

Facebook Comments