खोलाले बगाउँदा बालक बेपत्ता

आदर्श गाउँपालिका-६ गिरीचौका खतेडा बस्ने मानबहादुर खडायतको छोरा १३ वर्षीय अर्जुन खडायत सोही ठाउँस्थित सेती नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बुधबारदेखि बेपत्ता भएका छन् ।

ती बालक बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments