खिल

लघु कथा

नाम ज्योतिषीले सुर्यप्रसाद राखिदिए पनि जिन्दगी भर सुर्य झै चम्कन पाएनन् सुर्यप्रसाद ।
दुई छाककै समस्या त भएन । बाँकी सामान्य तवरले उनान्असिऔँ वसन्त पार गरे । बिभिन्न रोगले च्यापेर एक्कासि थला परे सुर्यप्रसाद असी वर्ष प्रवेश सँगै ।
बाबुकै नियतिझै आफ्ना दिनहरु कटाउँदै गरेको उनैको कान्छो छोराले यसो बाबुको पैताला सुम्सुम्यायो । असंख्य खिलहरू थिए पैताला भरि । सोच्यो यी सबै खिलसँग उसको सम्बन्ध छ । उस्लाई गाई भैँसीको शुद्ध दुध खुवाउनकै निम्ति बाँसघारी धाउँदा यी खिल परेका हुन ।
एकै क्षणमा सबै खिलहरु उस्को मुटुमा सरर पसेर घोच्न थाले ।

सुनसरी

Facebook Comments