खानेपानी मागको अनुपातमा आपूर्ति गर्न सकिएको छैन

धर्म कुमार बजिमय

प्रश्न : वर्तमान खानेपानी संस्थानको अवस्था कस्तो देख्नुहुन्छ ?
उत्तर : मानिसको जम्मदेखि मृत्युसम्म गाँसिएको खानेपानीको आवश्यकतालाई कसैले नकार्न सक्ने अवस्था छेन । जहाँसम्म संस्थानको अवस्थाको कुरा छ काठमाडौँ उपत्यकामा बढ्दो शहरीकरण र सिमित स्रोतलाई समायोजना गरी समानुपातिक वितरण गर्नु संस्थानको अहिलेको आवश्यकता र चुनौति पनि हो ।

प्रश्न : खानेपानी संस्थानको प्राथमिकता के हो ?
उत्तर : उपभोक्ताहरूलाई स्वच्छ खानेपानी सुभल तरिकाले उपलब्ध गराउनु र ढल निकासको व्यवस्था गर्नु संस्थानको प्राथमिकता हो ।
प्रश्न : खानेपानी संस्थानको फोकस एरिया कुन हो ? गाउ“, शहर, पहाड, तराई कुन कुन क्षेत्र प्राथमिकता पर्दछ ?
उत्तर : नेपाल सरकारले तोकिदिएको क्षेत्रमा संस्थानले सेवा प्रदान गर्दछ । विशेष गरेर शहरी क्षेत्र र त्यसवरपरका ग्रामिण ईलाका संस्थानको सेवा प्रदान गर्ने क्षेत्रभित्र पर्दछन् ।
प्रश्न : पानी नभएका क्षेत्रमा आगामी दिनमा संस्थानले पानी वितरणमा के–कस्ता योजना तर्जुमा गरेको छ ?
उत्तर : विशेषगरी काठमाडौँ उपत्यका र केहीमात्रमा पोखरा शहरक्षेत्रमा खानेपानी मागको अनुपातमा आपूर्ति गर्न सकिएको छैन । यसको मुख्य कारण पर्याप्त बजेटको अभाव नै भन्नुपर्ला । यसैक्रममा आपूर्तिलाई सुव्यवस्थित गर्न समानुपातिक वितरण प्रणालीलाई जोड दिइएको छ । यसका साथै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा १४ वटा नया“ ट्यूववेल निर्माण र पुराना ट्यूववेललाई पुनःनिर्माण गर्ने लक्ष्य अनुरूप यस आ.ब. मा १० वटा ट्यूववेल (नया“ निर्माण र पुनःनिर्माण) गरिने छ । बा“की आगामी आ.ब.मा सम्पन्न गर्ने योजना रहेको छ । त्यसैगरी खानेपानीको अभाव भएका क्षेत्रमा ट्याङ्करबाट र इन्जेक प्रक्रियामार्फत उपभोक्तासमक्ष खानेपानी पु¥याउने कार्यक्रम छ । पोखरामा पनि थप खानेपानी पु¥याउन दातृ संस्थालाई अनुरोध गरिएको छ भने अन्य शहरहरूमा पनि नया“ ट्यूववेल निर्माण गर्ने योजना रहेको छ ।

प्रश्न : खानेपानीको शुद्धतामा संस्थानको प्रक्रिया र कार्यक्रम के–कस्ता छन् ?
उत्तर : संस्थानको मुख्य उद्देश्य आफूलाई तोकिएका क्षेत्रमा स्वच्छ खानेपानी आपूर्ति गर्नु हो । यो उद्देश्य पूरा गर्नका लागि संस्थान गम्भीर छ । ट्रिटमेण्ट प्लाण्ट, फ्लकुलेशन, सेडिमेन्टेशन आदि प्रक्रियाबाट पानी शुद्ध पार्ने काम हुन्छ । यो प्रक्रिया हाल काठमाडौँ उपत्यकामा मात्र भए पनि उपत्यकाबाहिर पनि यस्ता उपकरण र प्लाण्ट निर्माण गर्ने लक्ष्य रहेको छ ।

प्रश्न : काठमाडौँ उपत्यकाको खानेपानी समस्या कम गर्न वा समाधान गर्न संस्थानले कस्ता नया“ उपाय वा स्रोत खोजेको छ ?
उत्तर : दीर्धकालिन समस्या समाधानका निमित्त मेलम्ची नै एकमात्र उपाय हो । मेलम्ची नआउञ्जेसम्म मध्यकालिन समस्या समाधानका लागि भने काठमाडौँ उपत्यकामा रहेका सानातिना स्रोतलाई उपयोगमा ल्याउने, नया“ ट्यूववेल निर्माण गर्ने, पुराना ट्यूववेल मर्मत गर्ने, समानुपातिक वितरणलाई प्राथमिकता दिने र चुहावट नियन्त्रणमा जोड दिने संस्थानको कार्यक्रम रहेको छ । यसका साथै वर्षातको पानी जम्मा गरी सुख्खायाममा वितरण गर्ने योजनाको अध्ययन भइरहेको छ ।

प्रश्न : तराईमा देखिने आर्सनिक समस्याको खतरा र समाधानबारे संस्थानले कस्ता कार्यक्रम बनाएको छ ?
उत्तर : संस्थानले वितरण गरेको कुनै पनि क्षेत्रमा आर्सनिकको समस्या हालसम्म देखापरेको छैन । यसका लागि समय समयमा खानेपानीको परीक्षण गरेका छौँ ।

प्रश्न : संस्थानका आगामी योजना, लक्ष्य कस्ता छन् ?
उत्तर : संस्थानको मुख्य योजना, उद्देश्य र लक्ष्य भनेको सर्वसुलभ तरिकाले स्वच्छ खानेपानी उपभोक्तासम्म पुर्याउनु नै हो । यसका लागि मलगायत संस्थानका सम्पूर्ण कर्मचारी अहोरात्र तल्लीन छौँ । यति हु“दाहु“दै पनि अपेक्षाकृत काम हुन सकिरहेको छैन । यसका लागि हामीले अझ मेहनत गर्नुपरेको छ । संस्थानका कमी कमजोरीहरूलाई औँल्याई दिन र खानेपानी वितरणमा देखिएमा समस्या एवं समाधानका उपायहरू संस्थानलाई जानकारी गराई दिन उपभोक्ता महानुभावमा म हार्दिक अनुरोध पनि गर्दछु । उपभोक्ता र संस्थानको समन्वय/समझदारी अनुरूप कार्यक्रम अगाडि ल्याउनसके समस्याको सहज समाधान हुन सक्नेमा म विश्वस्त छु ।

                                                                                            लेखक खानेपानी संस्थानका पूर्व महाप्रबन्धक हुनुहुन्छ ।
(यो सामग्री पुरानो भएपनि आज पनि यसको उत्तिकै महत्व रहेका कारण पुन राखिएको हो । सम्पादक)

Facebook Comments