काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकका आएपछि वितरण गर्न ट्याङकीहरु निर्माण गर्ने, पाइप बिछ्याउने, टुटी जोड्ने र प्रसोधन गर्ने नियतले एशियाली विकास बैंककाे अनुदानसमेत गरी ४३ अर्बको ‘आयोजना कार्यान्वयन निर्देशनालय’ का प्रमुख ई. भोजबिक्रम थापाले आज १९ गते करिब १० अर्बको ठेक्का संझौतामा हस्ताक्षर गर्ने तय भएको छ । जवकी उहाँ २० गतेबाट अवकास प्राप्त गर्दै हुनुहुन्छ ।
अवकासको एक दिन अघि यो हतारो किन भन्दा जाँदा जादै मन्त्री विना मगरलाई गुन लगाउनु पर्ने र केही जोहो हुने हुँदा ‘ग्रयाव द अपरचुनिटी’ नै हो भनि निर्देशनालय सुत्रले जलस्रोतलाई बताएको छ । किरण वैधको कम्पनीलाई छ अर्ब, रमन कन्सट्रक्सनलाई १ अर्ब ७० करोड, सिएबी कन्सट्रक्सनलाई १ अर्ब ३० करोड र कुमार गौतम एण्ड कम्पनीलाई १ अर्बको ठेक्का दिने भएकोले सो संझौतामा हस्ताक्षर गर्ने तय भएको हो । ४ दिन पहिले स्काडा अटोमेसनका लागि ९५ करोडको ठेक्कामा हस्ताक्षर भएको छ । अवकासको एक दिन पहिला यसो गर्नु भनेको नैतिक हिसाबले ठिक होइन । यसरी हतारमा संझौता गर्दा पछि आउने प्रमुखबाट काम गराउन अन्योल हुने समेत जानकारको भनाइ छ ।
खानेपानी क्षेत्रको बिभिन्न तहमा बसेर काम गरेको र खानेपानी तथा ढल निकास विभागमा महानिर्देशक भइ काम गरेर मन्त्रालयको महाशाखा प्रमुख भइ काम गरेको एक अनुभवि व्यक्तिलाई पीआइडीको प्रमुख बनाउने प्रचलनलाई तोड्दै मन्त्री मगरले ई. थापालाई त्यहाँ प्रमुख बनाउनु भएको थियो । इटालीको सीएमसी कम्पनी मेलम्चीबाट फरार भएपछि मन्त्री मगर उसैलाई फर्काउन ज्यान फालेर लागेको अववस्थामा ई थापालाई वार्तागरी फर्काउन भनि सिंगापुर पठाउनु भएको थियो । टाट पल्टेको घोषणा गरी गएको कम्पनीलाई फर्काउन सिंगापुर गएको टोलीलाई आधिकारीकता नभएको भनि उल्टै सीएमसीले नेपाल फर्काइदिएको थियो । त्यो नहुने कामका लागि त्ययस बखत मन्त्रालयबाट सचिवको नेतृत्वमा टोली जान नमानेको कारण त्यसरी मन्त्रीले जवरजस्ती पठाएको कुरा त्यसबेला हाँसोको विषय बनेको थियो ।
मन्त्री मगरको हर्कत चैं अजिव कै छ । पीआइडीका तत्कालिन प्रमुख तिरेश खत्रीलाई शैलुंङ कन्सट्रक्सनका लागि २ अर्बको कपन क्षेत्रकाे पाइप विछ्याउने ठेक्का दिन लगाएर मेलम्चीको कार्यकारी निर्देशक तथा सिंगापुर वार्तामा साथ दिएको गुन वापत थापालाई पीआइडीको प्रमुख बनाइएको हो । अहिले जाने अघिल्लो दिन १० अर्बको ठेक्कामा हस्ताक्षर गराएर निस्कने छ्याकनका लागि मन्त्री र प्रमुखको इन्ट्रेस्ट मिलेको अवस्थामा हो । भन्नेहरुले त मोटो रकमको छ्याकन खुमलटार अध्यक्षको घरसम्म पुगेको बताउँछन् । तर बुहारी घर भित्रिनु भनेकै लक्ष्मी भित्रिने संस्कार भएको हाम्रो देशमा अध्यक्षलाई बेकारमा आरोप लगाउँछन् भन्नेहरु पनि अर्को तिर रहेकाछन् ।
Facebook Comments