खण्डन गरिएको बारे

२०७७ मंसिर २४ गतेको ‘मध्यरातमा सयको सरुवा, ३०० लाखको कारोबार’ शीर्षकमा प्रकाशित समाचारप्रति ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को लेटर प्याडमा नि.निजी सचिव नागमणि कुमार पटेलद्वारा हस्ताक्षरित खण्डन इमेलमार्फत आज प्राप्त भएको हुनाले सो पत्र प्रकाशित गरिएको छ । ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले २४ गते नै फोन गरी समाचारमा असहमति जनाएको तर आफ्ना कुरा लेखि पठाउन अनुरोध गर्दा नपठाइएकोमा आज प्राप्त पत्रको व्यहोरा यहाँ प्रकाशित गरिएको हो । यस समाचारले सम्बन्ध निकायमा पर्न गएको असुविधा प्रति गम्भीर हुँदै खण्डन पत्र प्रकाशित गरिएकाे छ ।
                                                                                  सम्पादक

Facebook Comments