काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै विज्ञापनरहित सामग्री प्रशारण गराउन भनेकाे छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ– विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको वखतमा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था छ ।
मन्त्रालयले कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने ब्यवस्था ऐनद्वारा नै व्यवस्था गरिएको र एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भावना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न र गराउन भनिएको छ ।
यहि कार्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानून बमोजिम हुने संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीद्वारा जानकारी गराइएको हो ।
Facebook Comments